तयार हुन्छ महङ्गो चिता
गुञ्जन्छ शाेक धुन
वर्षिन्छ फूलमाला
र केही थान आँसुसहित
हुन्छ विदाई
१३ औं दिन
बस्छ विचार गाेष्ठी
हुन्छ विचार विमर्श
छाटिन्छन् ठूला भाषण
'उनले गरेका काम
भएन जुन हिजाे सम्मानकाे हकदार'
ठहराइन्छ चमत्कार
अन्त्यत:
दिवङ्गत व्यक्तिलाई
गरिन्छ देवत्वकरण
साची राखि तस्वीरलाई
गरिन्छ दिप प्रज्वलन
गरिन्छ माल्यार्पण
अर्काे वर्षकाे पर्खिदै पुण्य तिथि
ओइलिरहन्छ माला
ओइलिरहन्छ सम्मान
ओइलिरहन्छ समरपन
बनेर तस्वीरमा सिमित