हिम शृंखलाको सेतो फेटा मन पर्छ
परिश्रमीले कमाएको जेथा मन पर्छ
यो कोरोनाको महामारीमा
जनताको आँसु धुने नेता मन पर्छ
पुस-माघको पारिलो घाम मन पर्छ
सँच्चा कामले कोरिएको नाम मन पर्छ
दाजुभाइको तानातान र हनाहानभन्दा
परिवारले मिली गरेको काम मन पर्छ
प्रचण्ड गर्मीमा नटोक्ने घाम मन पर्छ
हिमाल, पहाड, तराई उन्ने कुरुस मन पर्छ
बोक्सी, छाउपडी, देउकी आदि प्रथाले आक्रान्त समाज
सफा मनले धुने पुरुष मन पर्छ
पसिनाले भिजाएको भारी मन पर्छ
रोटी खोज्न पारि गए पनि वारि मन पर्छ
धैर्य र सहनशीलता बोकी
साहसिक काम गर्ने नारी मन पर्छ
शरदको निश्चल जुन मन पर्छ
आँसुले कोरिएका चित्र धुन मन पर्छ
उत्तर, दक्षिण, ठूला राष्ट्र भएता पनि
चुच्चो सहितको दुन मन पर्छ।