यो एक्काइसौं शताब्दी हो हजुर
यहाँ युद्धसँग जुद्न वैरी मुलुक चाहिँदैन
कोरोना नामको भय छँदै छ
जोसँग जनता एकमुष्ट रूपमा जुदिरहेका छन्
खुकुरी र औजारले रगत नबगाए पनि
कोभिडले लास बिछ्याएको छ
मुलुक समृद्धिको सपना बोकेका उज्ज्वल
आज व्यर्थ सहिद हुन पुगेका छन्
धेरैपछि मुलुकले राजनेताको अनुभूति गरेको छ
नेता र राजनेताको परिभाषा प्रष्ट भएको छ
हिजो नेतालाई थप्पड हान्न मन छ भन्ने जनता
आज उनको मृत्युले मुलुकलाई थप्पड हानेको आभाष गर्दैछन्
जब अरुले मुलुक बन्द गर्ने तर्खर गर्थे
उनी नेपाल खुला छ भन्दै सडकमा उत्रिन्थे
अरु दल ढुंगा मुडा गर्न पछि हट्दैन
अनि उनी शान्तिपूर्ण रुपमा विरोध जनाउँथे
उनले देखेको सपना सजिलै पूरा हुन सकेन
तर आज संघर्षको लडाइँमा उनी सहिद भए
ख्याल होस् कि उनको भौतिक सहभागिता हामी माझ हुन नसक्ला
तर उनीबाट प्रभावित थुप्रै उज्ज्वल मुलुकले पाउने छ
मुलुकको विकल्प मानिने उनले छोडेर गएता पनि
थुप्रै विकल्प जन्म दिएर गएका छन्
यो लडाइँले उनको अभावमा पनि निरन्तरता पाउने छ
मुलुक हितका लागि लड्ने उज्ज्वलको कमि महशुस हुने छैन।