छाडेको छैन दगुर्न
कुनै दौडको घोडा झैं
शिथिल अनि लखतरान
रोकिने चेष्टा गर्दैन ऊ
अँह; पटक्कै!!!
सुस्त गतिमा गोडा लतार्दै घरी घरी
तर छैन विश्राम
हो त्यही भ्रमले सञ्चालित छ ऊ पनि
कतै आफू मात्रै छुट्ने हूँ कि
विमास्थलमा ढिलो पुगेको यात्री झैं!!!
हजारौं रहेछन् ती धड्कनमा लत्पतिएका
आशा र रहरका पोकाहरू,
फुक्न बाँकी छन् अझै
थैली को सुर्कने फुके झैं।
फुटेर गए कति त पानीको फोका झैं
सपना देख्ने अधिकार
के उसलाई चै छैन र...?
ठम्याउन सकिन मैले,
तिमी दुईको सपनाको तात्विक विषमता
रहेनछ जिन्दगीले छुट्याइएको,
दिन त्यो अनमोल उपहार,
त्यसैले दौडेको रहेछ ऊ
लामो रेसको घोडा झैं!!!