रातो झन्डा बोकेर...
साँझमा उसले रामेको आगनीमा पाइला टेक्यो...
चाउरी परेको गालामा सकिनसकी
मुसुक्क हाँसो निकालेर उसले लालसलाम ठोक्यो...
खै के पट्टि पढायो कुन्नी...
रामेले उसकै पार्टीको झन्डा बोक्यो...
आफ्नै दाजुभाइ/इस्टमित्र सबैलाई ठोक्यो...
वर्गसंघर्ष र वर्गसत्रुका फर्मुलाहरु थुप्रै घोक्यो...
कमरेड जल्लादले गरेको पार्टी थापना...
कमरेड जल्लादले देखाएका मिठा सपना...
सत्ताको आगनमा कमरेड जल्लाद नाचेदेखि..
५२ डिग्रीको धुपमा रुमल्लिएको रामेको बिपना...
बिरक्तिदै रामे गाउँमा फोन गर्छ अनि सोध्छ...
देशमा कुन फिल्म चलिरहेको छ...???
उसले उत्तर पाँउछ....कमरेड जल्लादको सपना..
कमरेड जल्लादको सपना....