भव्य सजिएको
त्यो ठूलो सिंहदरबार अघि
मेरा यी साना हातले जोडेर
गरेको बिन्ती नचल्दो रहेछ!
मैले बिन्ती गरिरहेँ
मैले रुख रोप्न बिन्ती गरेँ
अक्सिजनमा कालोबजारी देखियो!
मैले बेरोजगारका निम्ति बिन्ती गरेँ
एक अर्को शरीर बेरोजगार बनी बाकसमा आयो!
तैपनी मैले बिन्ती गरिरहेँ
अब त केही गरी सिंहदरबारले सुन्छ
कि भन्ने आशमा फेरि बिन्ती गरिहालेँ।
अहिले आफ्नो नागरिकता दाउमा राखेर बिन्ती गरेँ
नागरिकता अद्ध्यादेश पारित भयो!
मैले संविधान जोगाउन बिन्ती गरेँ
देश नै पो लथालिङ्ग भयो!
अब अरु बिन्ती गर्न कति नै हिम्मत होला
र म भित्र!
बिन्ती अन्तिम यही छ कि
त्यो सिंहदरबार अब बाँचिरहोस्।