विध्वंसले गर्नु गर्यो,
जे हेर्न चाहन्नँ,
त्यही देख्छु ,
त्यसैले आँखा बन्द गर्दैछु।
जुन कुरा सुन्न चाहान्नँ,
तर त्यही सुन्छु,
त्यसैले आज दुनियाँको बीच,
कान टाल्दै छु।
विध्वंसको दुर्गन्धले
प्रदुषणको मूल फुट्यो,
जगत सबै फैलियौं
त्यसैले नाक थुन्दै छु।
विध्वंस भित्र पनि
एक्लैले जीवन चल्दैन्न
दुनियाँ चहिने रहेछ,
हुँदा पाउँदा आफ्ना
नहुँदा सबै बिराना,
त्यसैले कसैको साथ बिना चल्ने,
उपया खोज्दै छु।
विध्वंसको यात्रा
जान मन पटक्कै छैन,
तर पनि पाइला अगाडि छन्
त्यसैले अब यात्राका,
गन्तव्य सबै मेटाउँदै छु।
विध्वंसले थिचिएपछि
मन बाधिएका छन्
तन अशक्त भए
काम दिनेहरु सबै निष्काम भए
त्यसैले विध्वंसले वृक्ष काट्दै छु।
आफैले विध्वंस गरेर,
करुपता बनायौं,
अनि सौन्दर्यताको भिख माग्ने,
रंगले पोतिएको फिक्का संसार
विध्वंसले नै हो,
आज आफ्नो लासको,
आफै मलामी बन्दै छन्
त्यही विध्वंस अन्त्य गर्दैछु।