जिउँदो छु र गुमनाम छु,
मरें भने वाहवाही हुनेछु,
उस्तै परे राज्यले सम्मान दिनेछ,
दुस्मनले पनि स्वर्गको कामना गर्नेछ।
यस्तो लाग्छ, मात्र दोषहरु मर्छन्,
जीवन निरन्तर हुनेछ!
बाँच्दा गुमनाम, पछि राष्ट्रवादी, विद्वान!
मेरो मृत्युमा पनि सिंगो देश रुनेछ!
यो संस्कृति अनौठो छ,
यो विकृति अनौठो छ,
राम्रो देख्ने केवल मृत्युपश्चात,
दृष्टि यो अनौठो छ।
गुण, दोषको गरौं चर्चा,
बदलौं यो मनोदशा,
दिउँ जिउँदो सम्मान खुलेर,
हर मान्छे जति योग्य छ।