यो कस्तो समय हो, मान्छेहरूसँग मान्छे डराउने दिन आयो!
म ठूलो, तँ सानो, म धनी, तँ गरिब, म महान् भन्नेले के पायो?
विभिन्न भेरियन्टमा उत्पत्ति भएर संसारलाई अत्यास बनायौ
सबैसँग भेटघाट र जतासुकै घुमफिर आफ्नै पोल्टोमा खनायौ।
रुपैयाँ नै सबैथोक हो भन्ने मनुष्यहरूले अहिले पो बल्ल चाल पाए
जस्ता मै हुँ भन्नेहरूले पनि अन्ततः आएर उही यमराजको काल पाए
सेवा नै धर्म हो भनी अहोरात्र खटिने स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्नू
ज-जसले यो कुरा राम्ररी बुझ्यो उसलाई झट्ट पर्दैन अकालमा मर्नु।
सबै वर्ग, समूह सचेत रहूँ पहिले बालक, युवा, वृद्धा भन्दैन त्यसले
साबुन-पानीले हात धुनुहोस् पहिले सचेत भए आक्रमण गर्दैन यसले
सर्वसंहारबाट जोगाउन बनाइएका नयाँ खोपहरू चाँडो मेरो देशमा आऊ
ए कोरोना, अब त रोक तिम्रो आतंक कृपया पीडा, कष्ट नदिई जाऊ।
महामारीमा घरमै थुनिएका बालबालिकाको
मस्तिष्कमा सकारात्मक उत्प्रेरणा भरौँ
दोस्रो भेरियन्टले झन् मान्छेलाई गन्दैन
त्यसैले स्वास्थ्य नियमको पूर्ण पालना गरौँ
मानिसहरू मिलेर एक आपसमा सहयोग गरी
बच्ने र बचाउने वातावरण बनाऊ
सरकार, सत्ता टिकाउन मात्र होइन
अब त मानिसको अस्तित्व जोगाउने योजना बनाऊ
सत्ता टिकाउन मात्र होइन
अब त मानिसको अस्तित्व जोगाउने योजना बनाऊ।