मेरी सर्वप्रिय प्यारी बहिनी
मायाकी प्रतिमूर्ति सहनशीलता कि धनी
स्वच्छ मन उच्च विचार रुपकी खानी
माया ममता प्रेमले सजिएकी मेरी बहिनी
असल आमा र असल पत्नी पनि तिमी
न रगतको नाता छ न कर्मको नाता छ
छ त एउटा भावनाको साथ छ
मेरो खुसीभन्दा पनि अनमोल छिन् उनी
उनको खुसीमा त मेरो संसार छ
आज उनैको जन्म दिन छ
लाग्छ संसारभरिको खुसी तिमीलाई दिउँ
अनि तिम्रा ती दुख जति सबै म नै लिउँ
अन्धकार हटाइ तिमीलाई पूर्ण चन्द्र दिउँ
तिमी हाँसिदिए मात्रै पुग्छ
चन्द्र सूर्य पनि तिम्रो कदममा झुक्छ
जन्म दिनको तिमीलाई अपार शुभ कामना
मेरो हृदयबाट शुभ आशिष, शुभ भावना
शक्ति स्वरुप भै सधैँ आफ्नो कर्म गर
परेको बेलामा नवदुर्गाको रुप धारण गर
कहिले नरोकिउन तिम्रा ती कदम
चुम तिमी सगरमाथाको गगन
खुसी र प्रगतिले भरियोस् तिम्रो जीवन
राखेऊ प्रस्ताव तिमीले मसँग
साँच्चीकै माया गर्छेऊ भने दिदी.
हाँसी हाँसी तिम्रा निर्मल निश्चल
पंक्तिहरु केलाइरहे
निर्दोष मनले आँखाबाट आँसु झारिरहे
सकिनँ तिम्रो इच्छा आज मैले पूरा गर्न
तर
दिदीबहिनीको माया यस्तै रहोस् युग युगसम्म
छक्कै परुन दुनियाँ देखेर हाम्रो सम्बन्ध
तौलिन न परो कसले गर्छ धेरै माया भनी
तर सुटुक्क भन्छु मलाई किन तिम्रै माया लाग्छ धेरै
आज तिम्रो जन्म दिनमा म यो कसम खान्छु
तिमीले भन्दा धेरै माया म तिमीलाई गर्छु
अनि सारा ससारले देख्नेछन्
अनि मिसाल दिनेछन्
म साँच्चीकै उदाहरणीय दिदी बन्छु, बन्छु।