मान्छे बाँच्ने आधार खोज्दैछु ,
सासहरू मरेतुल्य छन्
लाग्छ सासमा होइन
आस र सपनामा बाँचिरहेका छन् मान्छेहरु
आज आफै
गायभ भएको छु
म हराएको सूचना जारी गर ।
गिर्ने -गिराउनेहरूको खेल
मर्ने -मारिनेहरूको खेल
थन्क्याएर जीन्दगीलाई एउटा कुनामा
आफ्नै यात्रामा अगाडि बढ्दा
भेटिने घुनहरूलाई मेटिदेऊ
फूलहरूलाई आँखामा सजाऊ...।
मलाई थाहा छ ,
थाकेको कुरा कसैको कानमा नपरोस्
ठोक्किएर कानमा पर्यो भने
आउनेछन् लस्कर लगाएर
अनि हान्ने छन् चोटहरू
बचे खुचेको आँसु र तिम्रै सुस्केरा माथि
छोड नक्कली कुरा
नत आकाशका तारा झार्न सक्छौ
नत आकाशको जून ल्याउन
प्रेम आचकल
बजारमा लिलाम भएको देखेको छु ।
जीवन हराउनुको नाम
मृत्युसँग कसरी भलाकुसारी हुनसक्छ ?
एउटा समस्याले गाँजेको छ ,
जीवनको समस्या ,
उत्थानको समस्या ।
बरालिएका छन् मान्छेका पखेटाहरू
मर्नु र बाँच्नुको आतंकमा
जीवन भोगाईको आतंकमा
र, फेरि
म हराएको सूचना जारी गर ।।