वर्षौ भयो यि आकाशमा घामहरू छैनन्
नत जुनहरु छन्
न ताराहरु छन्
वर्षौ भयो यि पहाडमा बनहरु छैनन्
बुट्यानहरु छैनन्
बगैंचाहरु छैनन्
नत चराहरु छन्
न गीतहरु छन्
न फूलहरु छन्
वर्षौ भयो यि हिंड्ने सडकमा पाइलाहरु छैनन्
चौतारीहरु छैनन्
नत गन्तब्यहरु छन्
न दुरिहरु छन्
छन् त यहाँ केबल
शुभ चिन्तक हरुले अनुहारपुस्तकका
सन्देश बाकसभरी ‘के छ ?’ भनी पठाएका
एक हजार अनुत्तरित प्रश्नहरु छन्
छन् त केबल यहाँ
मेरी प्रियालाई लेखिपठाएक प्रेमपत्र
र
मेरी प्रियालाई टिपी संगालेका ओइलिएका गुराँसहरु
निलिबस्ने स्टेफन हकिङ्सका ब्लयाक होलहरु
छन्
छन् त यहाँ केबल
मेरी बुढी आमा, तन्न्नेरी भाई , र भर्खर विवहित् बहिनीलाई
दि पठाएका आश्वासनका खातहरु छन्
छन् त केबल यहाँ
यी दुई आँखाहरुले बैंसमा देखेका मृत सपनाहरु छन्
जीवनको गीत गाउँन नसक्ने बेसुर बासुरिहरु छन्
गन्तब्य भुलेर भौतारिरहेका एकजोर खुट्टाहरु छन्
छन् त यहाँ केवल
कोरोनाको चक्रब्यूमा फसेका
मानिसहरुका उदास आँखाहरु छन्
सास र आश गुमाइबसेका फोक्सो र मुटुहरु छन्
मृत्युका पढ्न नसकिने कहालीलाग्दा दस्ताबेजहरु छन्
अन्तिम बिदाई गरिदिने हातहरु कुरिबसेका घोर निद्रामा परेका
महिसहरुका भग्नावशेषहरु छन्
छन् त यहाँ फगत
पाठक ढुकिबस्ने दुई हरफ पेस्सिमिस्ट कबिताहरु छन्
मरभूमी बग्ने किनारा हराएका उदास नदिहरु छन्
भुपी शेरचनका अनगिन्ति चोक र गल्लिहरु छन्
छन् त यहाँ फगत
लीलामीमा मोलतोल भैबसेका निराश मानिस् र देवताका रंगहीन अनुहारहरु छन्
छन् त यहाँ केबल
यी सब सब तमसा हेरी बस्ने
नयाँ वर्ष पूर्वनै सच्याईएका थोत्रा क्यालेन्डरहरु छन् !