Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, भदौ ५, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • साहित्यपाटी
  • ग्लोबल
  • घुमफिर

आखिर मन न हो...

पूजा शर्मा `प्रकृति प्रेमी`

पूजा शर्मा `प्रकृति प्रेमी`

जेठ ३०

जुलाई महिना धर्तीमा स्फूर्तिदायक शितल, जुनेली रातमा जुनकिरी टर्च बालेर घुम्न निस्किन्छन् गगनमा। बाहिर लकडाउन छ भन्छन्। के गर्नु! मान्छेका दुःख लक भएका होइनन्।

धेरै दिन भयो केही नलेखेको। यो मन केही कुराको खोजिमा भौतारिरहन्छ। केही लेख्न खोज्छु, कलम र कपिको समायोजन हुन सक्दैन। अनयासै दिमागमा आउँछ प्रेम! लेखेरै लेख्न सकिने त होइन प्रेम! तर पनि आफ्नो मनको अनुभूति बयान गर्न मन लाग्छ अनि केर्न खोज्छु खाली पन्नामा।

प्रेमलाई भिन्नभिन्नै ढंगले पुकारे मान्छेले। मान्छेका भिन्न भिन्नै अनुभूति जस्तै यसबारे आफ्नै अनुभूति छ मेरो पनि। समयको प्यारो बन्न सकेमा त्यसको बेलिविस्तार पनि पुस्तकबाटै गर्ने तीव्र चाहना छ।

कसरी उम्रिन्छ हाडनाता बेगरको प्रेम? देखभेट हुनुपर्ने अनिवार्यता छ? पार्क/चौतारीमा एउटै ढुङ्गामा बसेर प्रणयलिलामा डुब्नुपर्छ? कलेज/क्याम्पसमा बेन्चमेट बनेर अन्जानमा एकअर्कामा कुहिनो ठोकाठोक भएको अभिनय गर्नुपर्छ?

होटल/रेष्टुराँ पुगेर टेबल भनिने काठजडित फ्ल्याकमा आम्ने-साम्ने बसेर अनुहार हेर्दै चिया/कफिको चुस्को लिनुपर्छ? वा दोहोरी, डान्सबार, क्लब पुगेर गीत नबुझेपनि मदिराको तालमा जिउ हल्लाउँदै चक्कर लगाएर नाच्नुपर्छ? त्यसो नहुँदो रहेछ।

जब कामदेवले वाण चलाइदिएपछिको प्रेम त नदेखेर पनि हुन्छ। नभेटेर पनि हुन्छ। बोली सुनेरै, तस्बिर हेरेरै, अरुबाट उसको वर्णन सुनेरै प्रेम भएका कति किंवदन्ती जिवितै छन् मेरो मनसपटलमा। म यो सबै यस मानेमा भन्दै छु कि, म पनि एउटा प्रेमी हुँ, जो एकतमास भएर उसलाई प्रेम गरिरहेछु।

प्रेम भनेको प्राप्ति मात्रै होइन, समर्पण पनि हो भनेर राधा कृष्णको प्रेम पुजेको सुनेरै हुर्किएपनि प्राप्तिको भोक हुने नै रहेछ। सायद यही होला प्रेमले जन्माएको मोह।

त्यही मोहले गर्दा मेरो प्राप्तिको भविष्य देखेकी छैन, मैले यद्यपि प्रेम त मेरो रगतमा प्रवाहित भएको अनुभूति हुन्छ। कहिलेकाहीँ मनमा यसरी खेल्दछन् कि कुरा आफैमा प्रश्नको खात लाग्दछ।

आखिर मान्छे न हुँ, गुमाउने डरले मनमा घर बसाउछ र म निरीह भएर प्रेममा पनि उसको सहानुभूति खोज्छु। तर सहानुभूतिले, करकापले कहाँ प्रेम पलाउँछ र? प्रेम गर्न त हर प्राणी स्वतन्त्र छ।

मलाई गुमाउन असाध्यै डर लाग्छ र सोच्छु, आँखै अगाडि उसले बाटो मोड्यो भने? मेरो हविगत के होला? के गर्दी हुँ म? आकाशले थिचेझैं, धर्तीले निलेझैं हुन्छु होला। एकपटक भए नि हेर्ने चाहना लिएर भौंतारिन्छु होला।

तैपनि मन फेरिएको, बाटो मोडिएको उसलाई म कहाँ भेटूँला र? अन्तत: हायलकायल बनेर कतै थ्याच्च बसूँला। अनि फेरि उठेर आगामी यात्रामा होमिने साहस बटुल्दी हुँ। आखिर ऊ नहुँदा पनि त जीवन चलेकै थियो। अहिले उसको अनुपस्थितले कति पोलेको!

अहो! यो कस्तो अदृश्य, कति पीडादायी सोच मेरो। हैन हैन, यस्तो हुँदैन। यो सब हुनु हुँदैन। किनकि म सोह्रै आना विश्वस्त छु। अनि फेरि सोच्छु, साँचो प्रेमले त दिन जानेको हुन्छ। ऊ गएछ भनेपनि सुन्दर भविष्यको शुभकामना दिउँला।

म उसको केयर गर्न खोज्छु, ऊ बेवास्ता गर्छ। न केयर लिन्छ, न दिन्छ। फेरि विषयान्तर गर्दै भोलितर्फ फनक्क मोडिएर सहयात्री बनि केही गरौँ भन्छु। निमेषभरमै सानोतिनो योजनाको खाका मनमा कोरेर उसको सामु पसार्छु।

ऊ रुचाउँदैन। अहँ! पटक्कै रुचाउँदैन्। मानौँ, मैले उसको अगाडि लगेर एक कचौरा विष्टा राखिदिएँ। म उसको हरेक तस्बिरमा केही न केही प्रतिक्रिया क्या दामी, माई फेबरेट, मस्ट हेन्डसम लेखदिन्छु, नजिकिने हेतुले।

यसमा पनि म शतप्रतिशत असफल। उसले बाल दिन्छ। फेरि सोच्छु,कस्तो हरिप मान्छे तँ पूजु? प्रेम पनि जबर्जस्ती गरेर हुन्छ र? के गरुँ त उसो भए? आफैलाई प्रतिप्रश्न गर्छु? यो मनोसंवाद कहिलेसम्म कायम रहला खै?

म उसलाई म्यासेज गरेर सोच्छु, कता गायब? ऊ छोटकरीमा भन्छ- आफैमा गायब छु। यो कस्तो अभिव्यक्ति हो? मतलब? लकडाउनमा? 'मोबाइलबाट अलि परै, म मेरै खोजिमा छु। प्रविधि र विज्ञानको विकासले मानिसलाई अनावश्यक आवश्यकता र तनाव तर्फ डोर्‍याइरहेको छ।'

उसको जवाफ मलाई चित्त बुझ्दैन, म फेरि भेट्ने तीव्र इच्छा भएको कुरा सुनाउँछु। यसबारे ऊ केही फूर्तिलो भयो भन्ने लाग्छ मलाई। म घुर्की लगाउछु 'अब पनि भेटेनौ भने कहिल्यै भेट्दिनँ तिमिलाई।'

सम्पर्कका दश अंके गणित साटासाट हुन्छ। फेरि, म उच्छ्रिंखल बन्छु भेट्नको लागि उसको फोन रिसिभ गर्दिन्। साँझ आफै फोन गरेर केही नखरा पारिदिन्छु। मेरो नखरा उसले पत्यायो भन्ने भ्रममा हुन्छु म।

त्यसबेला म आफूलाई संसारकै चतुर र सफल खेलाडी ठान्छु, हैन र? मेरा जोडी खुट्टाहरु यही चारपाटे कुटिको वरिपरि नाच्न तम्सिन्छन्। भो नाँचि चाँहि नहालूँ, म सम्हाल्छु आफूलाई। तर वास्तविकता पहिल्यायो पहिल्याएन त्यो उही बुझोस्।

कहिलेकाहीँ म परिवर्तन, क्रान्तिका कुरा गरेर सताउछु। 'म तिम्रो हात माग्न तिम्रो घर आउछु, अनि फेरि साख्खै बनेर अनुरोध गर्छु। मेरो लागि व्रत बस्देऊ न प्लिज, म केही शुभकार्यमा लाग्दै छु क्या।'

यो बेला म अत्याधिक प्रेमविभोर बन्छु ऊप्रति। यतिधेरै कि यसको जवाफमा उसले के भन्यो त्यो सम्झिने चेष्टा ममा रहँदैन। म हाम्रो यो अनौठो सम्बन्धलाई लिएर पटक-पटक भावुक बनेको छु। कहिले रातमा, कहिले दिनमा, कहिले एकान्तमा, कहिले हुरी चल्दा, कहिले टन्टलापुर घाम लाग्दा, कहिले बेथामा कहिले हर्षमा, कहिले विपनामा, कहिले सपनामा, कहिले कल्पनामा, कहिले यथार्थमा।

यसको पछाडिको राज के हो? आखिर त्यही नाथे म्यासेजको कुराकानी अनि केही घण्टाको फोन-संवादले ऊप्रति म यतिबिघ्न एकोहोरो बनेँ? सम्बन्धका सिढीँहरु तर्ने तरखरमा छौँ हामी? यदि त्यसो हो भने उसको मप्रति झुकाव खै त?

साँच्ची उसमा मप्रति अलिकति पनि प्रेम छैन? अथवा ऊ छोरीमान्छेप्रति केही हदसम्म घृणा राख्छ। अहँ, यस्तो सोच्नु सरासर पाप हुन्छ। यदि रहेछ भने पनि म अरुजस्तो महिला कहाँ हुँ र?

मेरो पुरुषप्रति कत्रो अग्लो सम्मान छ, म आफैमा आत्ममूल्यांकन गर्छु। १०० मा ९९ दिन्छु। बाँकी १ नि? प्रश्न गर्न मन लाग्छ। लगत्तै जवाफ पनि दिन्छु, 'त्यो एक उसले थपिदिनेछ।'

यो त मेरो आफ्नो कुरा भयो तर मैले कहिल्यै बुझाएँ त उनलाई म कस्तो मान्छे हुँ भनेर! थुप्रै द्विविधाहरु छन्। विडम्बना त यो त उसलाई अब भेटेर बुझाउन सम्भव छैन।

म यकिन गर्न सक्दिनँ, मप्रतिका शंका र अस्पष्टताले उसको मनका कति थान ट्रकहरु भरिएका छन् भनेर। यसको बदलामा ती कुरालाई स्पष्ट पार्ने ताकत पनि ममा छैन। तर म यत्ति भन्छु म उसलाई प्रेम गर्छु।

अन्देखामा, बेसुरमा, खुसीमा, रहरमा, बेमहसुसमा। यो कस्तो प्रेम? मेरो म्यासेजको जवाफ नआउँदा मन बेचैन भैदिन्छ। एकपटक मैले सत्य कुरा बताउँदा पनि 'मेरो माया पाउन नाटक गरेको' भनेको कुरा मनमा अहिले पनि ताजा भैदिन्छ। तर पनि ऊप्रति झिनो गुनासो छैन।

यस्ता थुप्रै उसका गल्तीहरु एक अनाडी सम्झेर माफी गर्दिन सक्ने क्षमता ममा छैन। ऊ मनले सामिप्यता खोज्छ तर ऊ त आइसल्याण्डको बरफ जस्तो छ चिसो। कहिलेकाहीँ उसको म्यासेज/फोन आइदियोस् जस्तो लाग्छ तर सोचमै सीमित रहन्छन् यी कुरा।

उल्टो मेरो फोन रिसिभ गरेर 'म बिजी छु' भन्दा कस्तो बेचैन महशुस हुन्छ। मन चरक्कै गर्छ। छाती एक्कासी चिरिएको महशुस हुन्छ, पानीले तिर्खाएर धाँजा फाटेको खेतजस्तै।

फेरि पनि मनले टाढा ठानेको छैन। आखिर माया त माया हो, एकदिन उसको मन फर्किने ठूलो आशा लिएर बसिरहेछु। आखिर मन न हो, माया गरेको मान्छे फर्किन्छ भन्ने आश हुने नै रहेछ। कसलाई के थाहा, भोलि अनि भोलिको झोली!

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  ११:२१
सिफारिस
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

प्रेम प्रस्ताव स्वीकार गर्लिन् त?
शुभकामना!
तिमी जस्तो पो जीवनसाथी!
वाह! पत्थर तिमी महान् छौ
ओ अनुभूतिहरू!
हे युवा हो!

विचार

सम्पादकीय
बालेन शाहको अराजकता सम्पादकीय
जीवन क्षेत्री
भरतपुरले फेरि यसरी छक्यायो गैंडाकोटलाई जीवन क्षेत्री
जीवन क्षेत्री
नारायणीको बालुवामा ४ अर्बः विकासका नाममा आत्मघात! जीवन क्षेत्री
नवराज पराजुली
ओशो! नवराज पराजुली

ब्लग

बलराम तिमल्सिना
ताल्चा लागेका दुई कोठा! बलराम तिमल्सिना
दिपक घिमिरे
सरकारको नुन खाने रहर! दिपक घिमिरे
केशवकुमार मलाशी
'विदेश नगएर के यस्तो देशमा हल्लिराको होला?' केशवकुमार मलाशी
विष्णु ज्ञवाली
प्राइभेट जागिर भर्सेस लाेक सेवा विष्णु ज्ञवाली

साहित्यपाटी

सुबास भण्डारी
प्रेम प्रस्ताव स्वीकार गर्लिन् त? सुबास भण्डारी
Hamropatro inner
Hamropatro inner
नारायण खड्का
शुभकामना! नारायण खड्का
आशिष खनिया
तिमी जस्तो पो जीवनसाथी! आशिष खनिया
जीवनदास सुनार
वाह! पत्थर तिमी महान् छौ जीवनदास सुनार

केटाकेटीका कुरा

ऋतम्भरा ढुंगाना
साथी र म ऋतम्भरा ढुंगाना
यूदाइ उ राउत
आमाको लागि औषधी यूदाइ उ राउत
सन्जिना श्रेष्ठ
जीवन सन्जिना श्रेष्ठ
सञ्जिता थारू
कम्मर कसौं न साथी! सञ्जिता थारू

पाठक विचार

सेतोपाटी संवाददाता
सुरेन्द्र पाण्डेको सचिवालयद्वारा खण्डन सेतोपाटी संवाददाता
युवराज अधिकारी
धन्न नेता भइनँ! युवराज अधिकारी
कृष्ण वर्मा
माननीयज्यू, खै त रोजगारी? कृष्ण वर्मा
पत्रकारिताको विद्यार्थी
मानविकी संकायका डिनलाई खुलापत्र: शिक्षामा भाषाको अवरोध हटाइयोस् पत्रकारिताको विद्यार्थी

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
+977-1-5529319 +977-1-5528194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP