स्वयम्भू हेर्न पुगेको म
स्वयम्भू त हराउँदै पो रहेछ
पशुपति नियाल्न गएको म
पशुपति त लोप गराउँदैछन्
यी तीन शहरका लाय्कू पनि
धमिलो बनाउँदैछन् अरे
एवं क्रमले मठ, मन्दिर, गुम्बा
अनि त्यसभित्रका आराध्यदेव पनि
बसाई सराई गराउँदैछन्
किताबका पाना पल्टाएर
खोज्दैछु मेरा पुर्खाका धरोहर
नयाँ त के नै बनाउन सकेका छन्
पुर्खाको नासो पनि जोगाउन नसकेर
झुकेको छ मेरो पनि शिर
म मेरो नेपाल हेर्नका लागि
खोतल्न चाहन्छु माटो
र घुम्न चाहन्छु अब
विदेशी म्युजियम ।