सुनसान छ सबै सडक, गल्ली
न छ कतै मानिस हिँडेको
न छ कुनै सवारी साधन गुडेको
न छ धुवाँ कतै
न छ धुलो कही
न छ कतै फोहरको डंगुर।
वरिपरिको वातावरण छ, स्वच्छ, सफा अनि हरियाली
छ त केवल सबैको मनमा, डर अनि सन्त्रास कोरोना संक्रणको।
बन्द छ सबै बजार, मल, डिपार्मेन्ट
सधैँ भिडभाड हुने सार्वजनिक स्थलहरुमा
छाएको छ सन्नटा जहाँ तही
श्रद्धालुहरुको सधैँ भिडभाड हुने,
भजन किर्तन हुने,
अनि, घन्टा र शंख ध्वनीले गुन्जयमान हुने,
धार्मिक स्थलहरु सबैमा,
छाएको छ शून्यता र सन्नाटा।
उडिरहेका छन् निष्फिक्री चराहरु आकाशमा
पिँजडामा चरा पाल्न सोखिन मानिस
बाध्य छन् बस्न, आफ्ने घरमा थुनिएर
भएको छ, लकडाउन मुलुक आज
फैलिएको छ, विश्वभर संक्रमण कोरना भाइरसको
कोरोनाको पहिलो लहर शान्त नहुँदै,
फैलियो दोश्रो लहर विश्व भर नै
पुनः फैलिएको छ डर, आउने तेश्रो लहरको।
अस्पतालभरि छन्, कोरोना संक्रमित बिरामीहरुले
अभाव छ औषधिको
अभाव छ बेडको
अभाव छ अक्सिजनको
अभाव छ आइसियूको
अभाव छ भेन्टिलेटरको
बेड नपाएर छटपटाएर बसेका छन्, अस्पतालको जहाँ तही नै।
दिन दुगुना अनि रात चौगुना बढी रहेको छ संक्रमितको संख्या
मरेका छन् कति समयमा उपचार नपाएर
न त आफन्तले बिरामीको कुरुवा बस्न पाए
न त मरेपछि आफन्तकै दाहसंस्कार नै गर्न
केवल विवश भई हेर्नुपर्यो लाश जलाएको सुरक्षाकर्मीले।
न नियन्त्रणमा आउन सक्यो,
न औषधि पत्ता लाग्न सक्यो नै यसको,
बल्ल खोप त पत्ता लाग्यो यसको,
तर लाउन पाएका छैनन् सबैले खोप यसको।
सकेन नियन्त्रण गर्न आजसम्म पनि यसलाई,
बढ्दै छ झन्-झन् संक्रमण यसको विश्वभर,
अनि बढ्दै छ दिन प्रतिदिन विश्वभर यसको नरसंहार
हे विधाता ईश्वर,
अब त अति भो यो नरसंहार,
अब त रोक यो नरसंहार,
अनि,
रक्षा गर आफैले गरेको मानव सृष्टिलाई।