थोरै फरक हुन्छ,
मानिसहरुको जीवित हुनमा र एक दिन शव बन्नमा
यी यति धेरै व्यक्तिहरू जो हामीहरुलाई छोडेर गैरहेका छन्,
के यिनीहरूलाई हेर्दा लाग्थ्यो कि यति छिटो गैहाल्ने हुन्?
केही न भनी, केही न बोली?
तिनीहरू सबैसँग हाम्रो केही माया थियो, केही गुनासोहरू थिए
केही असन्तुष्टि पनि थियो, जुन हामीले कहिले भनेका थिएनौं
र भन्न त त्यो पनि भनेका थिएनौं
जो तिनीहरू सबैमा मन पर्ने थियो हामीलाई
अचानक एक दिन बिहान खबर आउँछ,
यिनीहरू अब छैनन्, तिनीहरू अब रहेनन्
रहेनन् मतलब! किन रहेनन्?
कसरी एक क्षणमा सबै परिवर्तन हुन सक्छ?
उनै सबै व्यक्तिहरू जुनलाई हामीले केही समय पहिले भेटेका थियौं
कसरी तिनीहरू हराउन सक्छन् फेरि कहिल्यै नभेट्ने गरी?
उनीहरूले त केही भन्नै पाएका थिएनन्
राम्रोसँग जीवन जिउनै पाएका थिएनन्
साँचो सिद्धिएको निर्जीव खेलौना जस्तो कसरी हुन सक्छन्?
कति धेरै कुरा गर्नु थियो तिनीहरूसँग
कतै घुम्न जानु थियो, सँगै खाना खानु थियो, पार्टीहरू गर्नु थियो
केही उनीहरुलाई भन्नु थियो, केही उनीहरुबाट सुन्नु थियो
धेरै कुराहरू गर्नुपर्ने थियो, बेकारका नै भए पनि!
तर त्यो पनि कहाँ हुन सक्यो र?
सबै बाँकी नै रह्यो
तिनीहरू सबै छोडेर गैहाले
न हामी सबै तयार थियौं
न त तिनीहरू सबै तयार थिए
जानलाई...
यस्तै एकाबिहान हाम्रो पनि समाचार आउला
'... फलाना रहेनन्'
'अरे!' भन्दै मानिसहरू एक मिनेटको लागि चुप लागेर बस्नेछन्
फेरि जीवन अगाडि बढ्नेछ सधैं जस्तो!
त्यसैले आउनुहोस् तयारी गरिहालौं
सबै रिस, गुनासो, प्रशंसा आदिको हिसाब चुक्ता गरेर राखौं
जीवन हल्का हुन्छ भने, अन्तिम सासमा कुनै पश्चातापको भार हुनेछैन
किनकि
थोरै फरक हुन्छ
मानिसहरुको जीवित हुनमा र एकदिन शव बन्नमा।