छोराछोरीको स्कुलको फी नतिर
घर भाडा नतिर
शिक्षकहरूको तलब नतिर
तर कर तिर।
गाडीको किस्ता नतिर
गाडी घर मै राख
तर सडकको कर तिर।
बैंकको किस्ता नतिर
साहुको ऋण नतिर
चाडपर्व नमनाऊ
नयाँ लुगा नलगाऊ
बरु पुरानो कर तिर।
पसलको उधारो नतिर, कर तिर
हातमुख नजोड
बरु कर तिर्ने पैसा जोड
कर तिर्न सकिनँ भनेर हात नजोड।
अस्पतालको बिल नतिर
आर्यघाटको शुल्क पनि नतिर
बरु कर तिर।
किनभने
लोककल्याणकारी राज्यले
कर उठाएरै
समृद्ध नेपाल सुखी नेपाली
बनाउने हो।