मान्छे निर्वस्त्र जन्मिन्छ
निर्वस्र पारिन्छ ब्रम्हनालमा पनि
मात्र समूह फरक न हो रगतको
एउटै त हुन्छ रङ पनि
उस्तै प्राणधान्ने धेयमा
उही हावा लिइरहेकै छन् सबैले
पीडामा झर्ने आँसु उस्तै
खुसीमा छोउने मुस्कान उस्तै
पर्दा उघारी हेर्ने आँखाको नानी उस्तै
चिम्लिँदा अनुभूत गरिने अन्धकार उही
काँडाले च्वास्स घोच्दा चस्किने पीडा उही
प्रेमभावको स्पर्शको मिठो अनुभूति उही
दिउँसको सूर्य उही
पूर्णिमाको जून उही
पानीको स्रोत उही
टाउको माथिको आकाश उही
पाइला टेकिने धर्ती उही
घडि घुम्ने प्रक्रिया उही
घडिले दिने समय उस्तै
भोक र शोक उही
जन्मिदाको प्रकृया उही
मृतुपश्चातको बाटो उही
पृथ्वीको एक कुनाबाट
गरिरहेछु एकोहोरो प्रश्न
आमा आखिर त्यो को थियो
यो भेदभावलाई जन्माउने ?