म हुँ सडक बालक, छैन मेरो नाउँ ।
बाल्यकाल वितिसक्यो, छैन मेरो गाउँ ।।
मेरी आमा कहाँ होलिन्, छैन कुनै खबर ।
आदि जीवन बितिसक्यो, अव छैन् कुनै रहर ।।
आफ्नो भन्ने को हो थाहा छैन, मलाई केही पनि ।
पराई पनि नजिक लाग्छ, माया गर्ने देखे पनि ।।
भोक लाग्छ खानलाई, दिने कोही छैन ।
प्यास लाग्छ मनलाई, मेटाउने कोही छैन ।।
दिन भरि दोबाटोमा, हिँड्दा हिँड्दै थाक्छु ।
रातभरी कठ्याङग्रीदै, सिरेटोमै सुत्छु ।।
खाने बस्ने ठेगान छैन, फोहोरको थुप्रो ।
समयमा निद्रा छैन, बस्न छैन झुप्रो ।।
सडकमा भेटीएका, कुकुर मेरा साथी ।
भगवान् नि छैनन् क्याहो, म असाय माथि ।।
म पनि त मानव हो, गर न हो दया ।
मानवीय मर्म बुझि, देउन मानवको दर्जा ।।