आड बेच्यौ, भरोसा बेच्यौ
सोझा जनको विश्वास बेच्यौ
थोरै भएपनि नैतिकता बाँकी थियो कि मनुवा
स्वार्थलम्पट भएर के त्यो पनि बेच्ने?
इमान बेच्यौ, जमान बेच्यौ
नियम, कानुन, संविधान बेच्यौ
लोकलाज त अलिकति बाँकी होला कि मनुवा
कुर्सीलम्पट भएर के त्यो पनि बेच्ने?
बेसार-बेलौतीसँग हजारौँको जीवन बेच्यौ
जो भएको प्रतिष्ठा, आत्मसम्मान बेच्यौ
हुँदा-हुँदा नागरिकता बेच्यौ
अब के सार्वभौमिकता पनि बेच्ने?
ढुङ्गा, माटो र गिटी बेच्ने
जे छन् हाम्रो सम्पत्ति र झिटी बेच्ने
मैदान, पहाड, हिमाल त अझै बाँकी छन् नि मनुवा
पैसा कमाउन ती सबै बेच्ने?
धनी बन्न अब के देशै बेच्ने?