हे ईश्वर!
यो पृथ्वीलोक
तिम्रै आविष्कार होइन र?
यहाँका मानव
तिमै सन्तान होइन र?
सिंहासन तिमीलाई कति प्यारो भएको
आफ्नो भक्तभन्दा पनि।
हिजो त्यो रातो सिउँदो
आज रङविहीन छ
आमाको काख रित्तो
र एउटा अबोध बालक
आज अनाथ छन्।
मन्दिर, मस्जिद
चर्च, गुम्बा
कहाँ छौ तिमी?
उठ
बाहिर आऊ
र हेर
मालीको बगैंचा
सुनसान छ
फूलहरु मूर्छित छन्
कति त मृत्यु शय्यामा
त्यतिकै छरपस्ट।
तिम्रा औंला काटिँदा पनि
किन यति शान्त
तिमी किन विघ्न चुपचाप
भो
अब मौनता तोड
हतियार उठाऊ
छोड अभेद्य वाण
र विनाश गर
त्यो अदृश्य शत्रुलाई
बन्द गर
मृत्युलोकमा
मृत्युको यो ताण्डव।