तिम्रा लागि सुन्दर भावनाहरु थिए,
स्वच्छ थियो मन,
अबोध थिएँ म,
निर्दोष थियौ तिमी पनि।
उर्लिंदो मन,
आँखाभरि तिमी,
के थिएन जीवनमा?
मेरा हजार रहर-
सबै तिमी नै तिमी।
कल्पिन्थें र घण्टौं बिताउँथेँ,
दुनियाँ सबै तिमी नै हौ सोच्थें,
आखिर सबै समय रहेछ।
समयका खुड्किलाहरु टेकेर
संघर्षको पहाड चढ्दा चढ्दै,
देउरालीमा चढाएर
हजार सपनाको पाती,
गुज्रिरह्यो एक यात्रा जिन्दगी।
तर जीवनको अँध्यारोमा
तिम्रो उज्यालो घाम कहिल्यै उदाएन,
मेरो ओसिलो धर्तीमा
कहिल्यै खसेन तिम्रो न्यानो किरण।
बरु चलिरहँदा समय अनवरत,
आ-आफ्नै स्पेश र गतिमा
क्रमश: लर्खराउँदै छन्
जिन्दगीहरु।
सोच्थें, कल्पिन्थें,
सबै तिमी नै हौ दुनियाँ,
आखिर सबै समय रहेछ!