अहोरात्र एकगरी आफ्नो प्रतिज्ञा पुरा गर्न,
देशमा शान्ति सुव्यवस्था कायम राख्न,
लागि परेका छौ राष्ट्रसेवक बनि
कर्म पथमा तल्लिन प्रहरी तिमी!
दु:ख भित्र सुख खोज्दै रमाउने,
आफु भित्र पिडा लुकाई मुस्काउने,
भोक तिर्खा सहेर कर्तव्य पुरा गर्न
कर्मपथमा तल्लिन प्रहरी तिमी!
घाम पानी,हावाहुरी सबै सहेर
चाडपर्व रमाइलो सबै भुलेर
शुभ अशुभ साइतको वास्ता कुनै नगरी
कर्मपथमा तल्लिन प्रहरी तिमी!
मन भित्र त वहहरु किन नहोलान र,
मानवै त हो नि तिमी पनि,
देश र समाजमा जस्तो विकट परिस्थिति आए पनि लागि पर्ने कर्मपथ मा तल्लिन प्रहरी तिमी!
सदैव अपजसै पाए पनि मनोबलमा छैन कुनै कमी,
सलाम छ तिम्रो त्यो आत्मविश्वास लाई,
आफ्नो पथमा अडिग कर्तव्यनिष्ठ प्रहरी तिमी!