यस्तो न होस कसैको मृत्यु
दोबाटोको बाहनहरू हामीलाई
नाघेर, पछि छोड्दै अघि बढ्दै छन्
बाटोहरु झिलिमिली बत्तीहरुमा
रमाएका उत्ताउली लिएका देखिन्छन्।
मन्द छन्दमा कोही नृत्य गरेजस्तो
कोही चाहिँ शिवताण्डव गरेजस्तो।
म त्यहीँ माज छन्दहिनी भएर
थाहा छैन कसैको पर्खाइमा छु।
मेरो पर्खाइको पनि अन्त पारेर
सबै नै गैसकेकै छन्।
उज्यालो बत्तीहरू फेरि निभे
अँध्यारो छायो सबैमा।
निष्कर्ष पाउने आशामा छु म
आउँदै जाँदै गरेका ती दोबाटो चौबाटोका
अहरह ती गतिहरुमा।
गतिशील यो जीवन दोबाटो-चौबाटो सबै
जोवन पनि क्षणिक यहाँ।
मूल खोजै जोवन पनि हारेर गयो
वास्तव रहेछ यो गति बाहनहरुको।
जस्ते जीवनको गति
कोहीं अघि कोही पछि
यस्तै रहेछ जीवनको गति
तर अकाल मृत्युको होइन
कालको मात्रै होस यो गति।