म एउटा शिक्षक हुँ
ज्ञान, सीप भर्ने दिक्षक हुँ
सेवा नै मेरो धर्म,
सेवा नै मेरो कर्तव्य हो
कक्षाकोठाको काँचो माटोलाई
सुन्दर आकार दिन
हातमा तिनको भविष्यको चाबी लिएछु
आफू सधैँ साफी भएछु
यहाँ महंगीको फेरो छ
मसँग लालाबालाको घेरो छ
छेउ निरको आवास
र धौधान्नुको सास छ
महामारीको त्राहीत्राहीमा
न त बुझी दिने कोही खास छ
न श्रमको मूल्यांकन हुने विश्वास छ।
म राजनीतिले चिरिएको गुरु हुँ
नेताको पद प्रतिष्ठा चुलाउने
मद्दतगार पनि हुँ
चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो
नभएको कहिले छ र?
सरकारको प्रतिवर्ष बजेट चरी उड्छ
म त छेउमै रहन्छु, बीचबाट गुड्छ
मलाई पनि घुम्न फिर्न रहर लाग्छ
कक्षा कोठाले अनुभव माग्छ
अपमानभन्दा सम्मान मिठो हुने
हौसला र मर्यादाले जागर जाग्ने
सर्वव्यापी सुत्र हो।
बाका पालाको त्यो बुढो ऐन
लौरी टेकेर ठसठस कन्दै हिँड्छ
दमले गलस्त भई काल पर्खिएका
मेरा बा जस्तै भएको छ
खाना-खानामा धमिराले
छिड बनाएको छ
म देख्छु,
आमाको लुगाको रंग फेरिएको छ
रस फेरिएको छैन
यस्तो गणतन्त्रको तेजमा
डिल निर निवास भएको
म एउटा मास्टर हुँ
यो राष्ट्रको एउटा सेवक हुँ
आमाको शिर ठड्याउने टेवक हुँ।
(लेखक शिक्षिका हुन्)