वर्षा मास थियो चुंदिभर अहो पानी पर्यो झर्झर,
पाखापर्वत ती सुरम्यपनका माटो थियो उर्बर,
सारागाउँ झुम्यो र हर्ष पनि भोे श्रीकृष्णका गृहमा
आशिर्वाद दिए सबै जन पुगी भानुजीका माथमा ।
हे आदिकवि हे प्रणाम मनको जोडेर यी हातहरू,
राम् गाथा कहँदै रमाई भजँदै मै मर्न पाउँ बरू,
भाषाभक्त बनुन् सबै मिलिजुली मेरो यही कामना ,
तिम्रो याद सदा सदा रहिरहोस् हो शुद्ध यो भावना ।
भानुभक्त तिमी अति प्रिय रह्यौ नेपालको शान हौ
रामैका पनि भक्तथ्यौ सगरका तारा सरी चम्कियौं
तिम्रा ती अनमोल छन् जति कृति पुज्छन् सबै प्रेमले ,
मान्दैछन् तिमीलाई सर्व जनले आदिकवि हर्षले ।
नेपाली जनलाई ज्ञान गुनको शिक्षा दिएरै गयौ
धर्मात्मा, दिलका उदार जगका बत्ती सरिका थियौ
भाषा सेवक हौ र अग्रज पनि साहित्यका धामको
सम्झिन्छौ र चढाउँछौ हृदयले श्रद्धाञ्जली गर्वको ।