हाँसी खुशी जिउँछु भनि यो पृथ्वीमा जन्म लिएर आएँँ ।
जीवन त यहाँ संघर्षमय रहेछ, थाहै भएन मलाई ।
फूल जस्तो रहेछ यो जीवन, फुले पछि फक्रेर झर्दोरहेछ ।
यो कुरा जीवनमा थाहै भएन् मलाई।
डोली चढी पन्चे बाजा बजाउँदै अर्कैको घरमा पुगेँछु।
तर, यो त मेरै घर हो भनि थाहै भएन मलाई ।
नयाँ ईष्टमित्र र कुटुम्ब नयाँ, छोरा छोरी पनि भएछन्।
सबै मेरै रहेछन् भनि थाहै भएन् मलाई ।
शरीरमा रोग छ भनेर घोर टाप्रे र यार्चागुम्बा पनि खाएँ ।
जौको तितो रस पनि पिउन पुगेछु थाहै भएन मलाई ।
रोग त मन भित्रै हुने रहेछ, प्रेम, माया र शान्ति कहाँ छ।
यो कुरा भने थाहै भएन् मलाई।
फूल माला र अविरले सजिएर छोराहरूको काँधमा चढ्न पुगेछु।
तुलसी चन्दन र दाउराको चाङमा चढेर घाटमा पुगेछु।
दाजुभाइ, छोराछोरी र ईष्ट मित्रहरू दागबत्ती दिन आएका रहेछन्।
यो कुरा भने थाहै भएन् मलाई।
जन्मेर समय आएपछि एक दिन त सबैलाई मर्नुपर्ने रहेछ।
जीवनको नाटकमा लेखेजस्तो खेल खेलेर जानुपर्ने नै रहेछ।
सबै सँग प्रेम भावले मिलेर बस्नु नै सार्थक जीवन रहेछ।
लिएर जानु त के पो रहेछ। यो कुरा भने थाहै भएन् मलाई।
अरूलाई दोष दिएर सम्बन्ध बिगार्नुभन्दा आफू भित्रै दोष हेर्नुपर्ने रहेछ।
दुई दिनको जिन्दगानीमा झै झगडा गरेर के पो पाईने रहेछ।
दया, क्षमा, प्रेम र बन्धुत्वको भावनाले बाँच्नुमा नै आनन्द रहेछ।
लिनुभन्दा दिनुमा आनन्द रहेछ। यो कुरा भने थाहै भएन मलाई।