अचानक बाढीले बगाएको भूमिले,
दुःखित क्षणमा,
देशको अवस्था सोच्न थाल्यो।
जब देख्यो उसले,
स-साना बालकको हातमा
चुरोट र बिँडीहरु
उसले कहिल्यै सम्झने गरेन
किताबका ती अक्षरहरु,
दुर्व्यसनीका बेफाइदाहरु।
उसले कहिल्यै सम्मान गरेन
आफूभन्दा ठूलोलाई- आदर।
आफूभन्दा सानालाई माया।
न त माया गर्यो
न त आदर पायो
सर्पको मुखमा उगीरहेको भ्यागुतासँग- मृत्युको मिठास
उनीहरुले कहिल्यै सोचेनन्
देशको अवस्थालाई- शान्ति समृद्धि र विकासको परिभाषा।
उसले कहिल्यै देखाएन, हटाएन
त्यो विकासमा भएको ढिलासुस्ती, भ्रष्टाचार,
न त प्रमाण पायो
न त छिट्टै भयो!
अनि त्यो हिमाल र पहाडको टुप्पोमा बस्ने नेपाली दाजुको- पीडाको रहस्य।
उसले इज्जतभन्दा पैसा ठूलो मानेदेखि हो
पछि लाग्न थालेका मान्छेहरु,
शिक्षामा विस्तार र समयअनुसार परिवर्तन भएदेखि हो
पूरा भएको- यात्रा।
यहाँ,
भेदभाव र शिक्षामा सुधार गरेदेखि हो
आउन थालेको- चेतना,
जस्तै कि,
सज्जनले खराबलाई परिवर्तन गरे जस्तो
असल मानिसले भिलेन पात्रलाई गरे जस्तो व्यवहार
जस्तो कि,
कानुनलाई जनताले माने जस्तो
जस्तो
आफ्नो बुद्धीले आफ्नो देश बनाउन
क्रान्तिमा उत्रिएको इमान्दार बेरोजगारी झैँ,
मरेको शरीरबाट बाँचेको ऊ।
अँध्यारोको किरणलाई तोडेर आएको ऊ सोच्न थाल्छ/सोच्न सक्छ
बनी गरेर ल्याएर चलाएको दैनिकी गुझारा बुझ्न सक्छ।
पहिलेको समयमा देखिएको अन्धविश्वासको नियतको
प्रमाण पुर्याउन सक्छ
प्रमाण भेट्टाउन सक्छ
खुट्टा उसको पनि छ
जमिन उसको पनि हो
हिँड्ने अधिकार उसलाई पनि हुन्छ
यहाँ उभिन सक्छ
ऊ,
चन्द्रमामा पुग्न वा जान सक्छ
मरुभूमिलाई हरियाली बनाउन र
अर्कै रुप दिन सक्छ।
हजार अन्धविश्वास र कुरीतिहरु
मलाई यो थाहा छ कि
मेरो देश नेपालमा
सबैभन्दा बढी बाँचेको छ- खराबता, कुसंस्कारता।