म जनता, मेरो श्रम बेची
तिमी आफ्नो पेट भर्नू।
मेरा स्वाभिमान बेची
तिमी आफ्नो लाज ढाक्नू।
मेरा पसिनालाई मरूभूमिमा
सिँची तिम्रो परिवार सुखी
बनाउनू।
मेरा पुर्खाहरूले आर्ज्याको
माटो बेची तिम्रा सन्ततिका
भविष्य सुधार्नू।
ए नेता ज्यू!
अझै न्यास्रो लागे
म जनताकै रगतले
होली खेल्नु।
कथंकदाचित सद्-बुद्धि आइहाले
सोच्नु एकदिन त मर्नु नै छ
किन सत्कर्म गरी नमरुँ!