अब लेख्दिनँ
कसको कोसँग लभ छ
लेख्दिनँ
बुहारीले सासूलाई माया गर्छे कि गर्दिन
खाना पकाएर
एक्लै खाईं अफिस गएको कुरा
समय घुम्दै फिर्दै
फर्केर आउँछ जान्दछु
जवान बुढ़ो हुन्छ
बालख तन्देरी हुन्छ
बुहारी सासू हुन्छिन्
हाथ पाउ बसेकि सासूलाई घृणा गर्छिन्
अघि उनीलाई खाना नदिएको सम्झेर
हेला गर्छिन्
त्यहीँ क्रम दोहोरिँदै चलिरहन्छ
मायाको डोरी चुडिन्दै छोटो हुनेगर्छ
छोरी आधुनिक सभ्यतामा डुबेर
माईती घरमा नानी पाउँछे
बच्चा डस्टबिनमा फ्याकी सरिफ बन्छे
ममताको गलो घोटिन्छ
तै पनि प्रेम स्वर्गीय भनिन्छ
बुहारीको हत्या हुन्छ
अर्काकी स्वास्नीमा नजर लगाउँदै
घरमा झगड़ा मचिन्छ
कतै हत्या कतै आत्महत्याको खबर छापिन्छ
त्यस्तै प्रेमलाई लिएर कविता लेखिन्छ
लेख्दिनँ अब
घृणाले भरिएको संसारमा
चारै तिर कोलाहल देख्छु
बिपत्तिको फायदा उठाएको देख्छु
वाक्क भएँ अब
लेख्दिन् प्रेमको कविता
कसम खाएकी छु।