हुल बढेछ बेइमानहरुको,
चोकको चिया पसलमा,
गाउँको चौतारोमा,
त्यसैलै इमान्दारहरु,
बर्खास्तमा परेछन्।
स्वाभिमानीहरु झर्दै छन्
सिंढी भत्किएर,
बेइमानहरु माथि चढ्दै छन्
साइनो जुटाएर
हेर्नु होस् अब...
गाई गधा भएको छ
गधा गाई भएको छ।
अस्ति मात्र चोकमा देखेको
लखर लखर
ठुटे सुरुवालमा हिँड्ने मान्छे
विधि मिच्ने
अनि नीतिको कुरा गर्ने
त्यही बेइमान साथीहरु,
आज सभामा नेता भएछ,
त्यो पनि माला खादा लगाएर,
प्रमुख अतिथी रे!
अब
आजभोलिका सभाले भय बढायो
चोरले चाबी भेट्यो,
अनि ताल्चाको के अर्थ भयो,
बेइमान कर्म गर्नेहरु
सर्टिफिकेटले इमान्दार बनिएकाहरु,
बेइमानहरु इमान्दार भएपछि
असलको लाइसेन्स पाएको बेइमान साथीहरु।