आदर्श त्यहाँबाट जन्मिन्छ
जहाँ केवल आदर्शको व्याख्या हुन्छ।
तर विपरीत छ ठिक विपरीत
व्यवहारमा त्यसैले मिथ्यालाई छुन्छ।
गाउँलेलाई विलासिताको महत्व हुँदैन
सहरीयालाई अनिवार्य हुन्छ त्यही
भोकमा खानाको महत्व कति
डकारेको उनैलाई लाग्दैन केही।
बदेलको शिकार बाघले गर्छ
बदेल पनि शिकारमा लागि पर्छ
प्रकृतिले एकआपसमा सम्बन्ध राख्दछ
तर
शिकारको स्तर आफ्नो ठाउँमा हुन्छ।
लेखाइमा विविधता देखिए पनि
निष्कर्षमा सन्देश एउटै हुन्छ
नचाहिनेलाई चाहना महत्वहीन भए पनि
केही चिजको विकल्प एउटै हुन्छ।