चुँडालेको तुइनले
मानवता खोज्दैछ
चुँडालेको तुइनबाट खसेको मान्छेले
उसको सरकार खोज्दैछ
सुसाइरहेको महाकाली बिलौना गर्दैछन्
तुइनमा सवारलाई खसालेपछि बगाउन परेर
उर्लीउर्ली सोध्दैछन्
दिल्लीलाई अनि सिंहदरबारलाई
कता हरायो रोटी-बेटीको सम्बन्ध?
कता हरायो नागरिक सुरक्षा?
मानिस हो उनी
किरा फट्यांग्रा होइन
न त पात, पतिंगर नै
बहादुर कसैले पनि भन्न सक्दैन
बरु पोतिएको छ कालो धब्बा
तिम्रो अनुहारमा
मानिस सवार भइरहेको तुइन काटेर
त्रीरंगी कपडा लाजले झुकेको छ त्यस उप्रान्त
र चुँडालेको तुइनको चोसोले घोचेर
खसेको छ हिलोमा त्यो कपडा।