निर्मम हत्या बलात्कार, कंचनपुरकी नारी
लाग्ला कति पाप, मार्यो लगि उखुबारी।
पश्चातापको भारी बोकी, जिउन परोस् जीवन
अन्तरात्मा रोइरहन्छ, नेपालीको यो मन।
लेखीआयो प्रतिवेदन, बिलाई त्यसै गयो
न्याय पाउने आशा थियो, अब मधुर भयो।
पाउँछिन् न्याय भन्दाभन्दै बित्यो दिन सय
उराठ होला घर गाउँ सबै अन्धकार भए।
नेपाली यो चेलीले, न्याय पाउने कहिले?
कति हुन्छन् बलात्कारी, यस्तै भए जहिले।
हिमालदेखि तराईसम्म, नारी सबै समान
लेख्दो रैनछ निधारमा, को बलात्कारी बेमान।
बुवा, आमा, गाउँले सबै, अनसन बस्न थाले
हत्यारा र बलात्कारी, राज्यले नै पाले।
यो धर्तीमा न्याय खोज्दै, तिमी स्वर्गलोकमा
रोई रोई बाबु-आमा, अनसन बस्दै शोकमा।