अरे म त २१ औँ सताब्दिकी मोर्डन आमा पो त
तिमीले बच्चालाई दुध चुसाऊ भनेर हुन्छ
हैन अब त अलिकति स्मार्ट पनि बन्न सिक न
सधै उही पुरानो सोचको मान्छे बनेर हुन्छ?
मलाई थाहा छ बच्चालाई कसरी हुर्काउनुपर्छ
के के खुवाउनुपर्छ, कसरी पढाउनुपर्छ
बजारमा थरिथरिका ल्याक्टेजेन आएको छ
त्यसैले त मेरो मनमा छुट्टै तरङ्ग अनि उर्जा छाएको छ।
मैले त मेरो शरीर मेन्टेन गर्न ध्यान दिनुछ
पहिले जस्तै स्लीम एण्ड ट्रीम बन्न जिउज्यान दिनु छ
सधै पुरानो सोचलाई अंगालेर हुन्छ?
विकल्प धैरै छन् भनेर सबैलाई ज्ञान दिनु छ
अरे म त २१ औं शताब्दिकि मोर्डन आमा पो त।
हरेक दृष्टिकोणबाट स्तनपान
नौँ महिना लागेर अंकुराएको कोपिलालाई फुलाउन फलाउन
हरेक कोष कोषमा अमृतजल भरिदिन्छिन् आमा
सुनौलो भविष्यमा इन्द्रेणी किरण सजाईदिन
सप्तरङ्गी रंग छरिदिन्छिन् आमा
नवजात शिशुमै सुन्दर भविष्य देखेर
आफ्ना इच्छा आकांक्षा त्याग गरिदिन्छिन् आमा।
तर बिडम्बना,
स्तनपान गराउनकै लागि हर कोहीसँग लडिरहनुपर्दा
भित्र भित्रै निमोठिन्छिन् अनि मरिदिन्छिन् आमा
एक्सक्लुसिभ ब्रेस्ट फिडिङको आवश्यकता खोजिरहँदा
हरेक २/२ घण्टामा बच्चाले खायो खाएन भनेर सोधिरहँदा
मेरो मनले आफैंलाई हजारौ प्रश्न सोधिरहन्छ
(साच्चै तिमीले तिम्रो बच्चालाई दुध खुवाएर आयौं) २
कि हतार भयो भन्दै पाँच मिनेट चुसाएर रूवाएर आयौ?
तब म निरउत्तरित हुन्छु
म एक विवश जागिरे आमा
काखे बालकलाई निराश बनाएर
बिरामीको आशाको दियो बाल्न पाउँदा
खुसीले प्रफुल्लित हुने आशावादी आमा
कति आमाहरू, आडम्बरीपनले बच्चालाई स्तनपानबाट बञ्चित गराउँछन्
कति आमाहरू भ्याइ-नभ्याई थोपा-थोपा दुख्दा फ्रिजमा सन्चित गराउँछन्
त्यागी ममतालाई हामी सबैको सम्मान
त्यो स्वार्थीपनलाई मेरो एउटा अनुरोध
आफ्नो रगतमा आत्मीयता भर्ने बाहाना नछोड
नवशिशुको मातृत्वको ममता अङ्गाल्न पाउने चाहना नतोड
तिम्रो मातृत्वले पूर्णता त्यो दिन पाउने छ हो,
जब तिमी र तिम्रो शिशुबीच आत्मीयता छाउनेछ
स्तनपान गराउनु तिम्रो कर्तव्य हैन, अधिकार अनि हक हो
त्यो कलिलो मुनाको लागि अमृत अनि सब थोक हो
त्यसैले,
आउ तिमी अनि म सँगै मिलेर यो दिवश मनाउँ
मनमनमा अनि घरघरमा सचेतना जागाउँ
(सुन्दर भविष्यलाई अकालमै मर्न विवश नवनाउँ)२
अन्त्यमा एउटै चाहना,
माथिल्लो निकायसम्म हामी सबैको आवाज पुगोस्
हरेक आमाको स्तनपान गराउने अधिकार सुनिश्चित रहोस्,
स्तनपानकै लागि जागिरे आमाले बिदाको भिक माग्न नपरोस्
ब्रेस्ट मिल्क बैंकले सार्थकता पाओस्
मातृ शिशु आत्मीयताको चर्चा छाओस्
(स्तनपान सप्ताहको हर कोहीले गुनगान गाओस्) २