भर्खरै बाढीले झाडेको बगर
प्रेमीले छोडेको प्रेमिका
पात झरेको रूख
श्रीमती मरेको घर
सिकारीले भाले मारिदिएको पोथी ढुकुर
पहिरो झरेको पहाड
मुर्दा डढाइसकेको घाट
भर्खरै युद्ध रोकिएको भूमि
आगलागी भएको बस्ती
तुसारो सकिएको पहाड
बेटुङ्गो यात्रामा निस्किएको बुढो जोगी
हावाहुरीले उडाएका
आकासिएका पत्करहरू
अनि,
मन सुकेर भत्किएर
छरपस्ट छरिएको
अहिले म उस्तै-उस्तै
के गर्न के चाहिन्छ
नाम्लो चाहिन्छ भारी बोक्न
दाँत चाहिन्छ हड्डी टोक्न
रक्सी चाहिन्छ राम्रो नाच्न
कान्छी चाहिन्छ आनन्दले बाँच्न
रक्सी बिना बाच्न सकिन्छ
जाँड भए नाच्न सकिन्छ
पैसा भए आनन्दले बाँचिन्छ
लाच पचेकाहरू
सकिन्छ पो भन्छन् त
ए दाइ! सकिन्छ कि सकिदैन हँ?
म त सक्दिनँ
किनकि,
गाँउमा सुविधा पुर्याउनु छ
सहरलाई सुन्दर बनाउनु छ!
आफू चिनिनु छ
आफ्नो देश चिनाउनु छ।।