भान्जा, भाउजू र आमाको
मृत्युको शोक आलै छँदा छँदै
छोरी, श्रीमती, दाजुभाउजूको
स्वास्थ्य सुधार हुँदैछ भन्ने खबर पाउँदा
कस्तो अनौँठो शान्ति, फरक खुसी,
आशा अनि माया आउँदै जाँदै रहँदै
फेरि एउटा अदृश्य प्रकृया गोप्य गोप्य…
हसमयमा
भान्जा तिमी गयौ
हाम्रो धरती आकाश गयो, स्वीकार छ
भाउजु तपाईं जानु भयो
हाम्रो विश्वाश, आस्था, भरोसा गयो नि
आमा तपाईं जानु भयो
हाम्रो सबैथोक सकियो, एउटा पुस्ता सकियो
त्यो बिम्ब, त्यो मियो, त्यो शक्ति, त्यो उर्जा गयो, स्वीकार छ
जीवन मरणको यो चक्र उथल-पुथल जिन्दगी
स्वीकार छ टुहुरो हुन, बबुरो हुन स्वीकार छ
हे पितृहरु
फरक यति हो मान्छेका चाहना हुँदा रहेछन्
त्यो घेरा भित्र समयको डिमान्ड हुँदो रहेछ
अनि हामी बिर्संदा रहेछौँ
समय समयको परिधिमा
शून्य हुँदो रहेछ र हामी भ्रममा
धर्म संस्कार र प्रतिष्ठाको छडीले यसरी हिर्काउँछ
कसैले ऐया! भन्न नै पाउँदैनन्
सास देखिएर हैन
अदृश्य गोप्य र अनायसै एनोनमस छिर्छ
चाँडै यो जिन्दगी नामक चक्रलाई हेर्दाहेर्दै
माइमा कसैले नछोइ खरानी बनाउँछ
गइ त गयौ, सक्की त गयो
मनुवाहरु
चेतना हामीमा कमै रहेछ जस्तो जस्तो लाग्ने
खल्लो खल्लो लाग्ने, दिक्क लाग्ने, वाक्क लाग्ने
ग्लोबलाइजेसन अनि ग्लोबल पेन्डामिक
हाम्रो जस्तो समाजमा मौका पाउँदो रहेछ
मानव भावना संस्कारको आडमा मिचीमिची मार्दो रहेछ
बाँच्ने हो बचाउने हो
नारा कडा छ भावनामा प्रेरित पूर्ण छ
तर कसरी?
बिहे गरेर?
मलामी गएर?
सँगै अन्त्येष्टी कर्म बसेर?
अरु सबै सामाजिक कार्य गरेर
मान्छेका हुल जम्मा गरेर सोसल डिस्टेन्स मेन्टेन नै छ भनेर
हामी कतिले कतिलाई बचाउन बिमार हुनबाट जोगायौँ
सोसल डिस्टेन्स मेन्टेन गरेर?
जवाफ दिनुस्, ठोस जवाफ दिनुस्
हैन भने भन्नुस् कसरी ब्रेक गर्ने चेन
यो अदृश्य एनोनमस मुस्लो कसरी ब्रेक गर्ने
एक्लै छुट्टिएर बस्ने कि सबथोक पन्छाएर लाएर?
बाँचियो भने गरौँला बिहे,
जाउँला मलामी
गरौँला क्रियाकर्म सँगै बसेर
कि अर्को विकल्प छ यो मुस्लो रोक्ने?
प्लिज आन्सर दिस सिम्पल कोइसन इन वान वर्ड
देन ब्लक मी फ्रम एभ्रीवेयर, गुड बाई भान्जा, भाउजू, आमा।