ऊ मन्त्री भो!
ऊ मुख्यमन्त्री भो!
ऊ प्रधानमन्त्री भो!
राष्ट्रपति भो!
सचिव भो!
विज्ञ भो!
सल्लाहकार भो!
के के भो भो!
जे भए नि
ऊ सँग एउटा फोटो खिच्ने मन छ!
छेउमा परेको म!
योग्यताले सधैं जिस्काइरहने म!
आफूसँग फोटो खिच्न कोही खोज्दैनन्!
योगदान समर्पण र लगानीको के हिसाब भो र?
उसले उसलाई मन्सायो, पद पायो!
उसलाई उता पठाउँदा उसले उति योगदान दियो रे!
उसलाई त उसले ऊ पनि दियो रे!
उसकी उसले पनि आवश्यक योगदान गरेको चर्चा छ!
राजनीतिक अराजनीतिको चर्चा छ!
सुशीलदा स्मरणमा,
किसुनजी मस्तिष्कमा,
गणेशमान जी र सान्दाजु, सुवर्ण र स्वाभिमान खोपातिर राखेर
लोकतन्त्रका लागि उसले ठूलै श्रमदान गरेको पर्चा छ!
त्यो देखेपछि
एउटा अदना म
ऊ सँग एउटा फोटो खिच्ने मन छ!
अहिले ठूलै बिडम्बनाको चक्रब्यूहमा
उसको घर घडेरी त जाँदैन!
तर उसलाई ओलीले समेत व्यङ्ग्य
ठोक्ने अवस्था आयो!
समय छउञ्जेल सुतेर बित्यो!
नबोली नचली आधा दशक बढी सुत्यो!
डिलमा पुगेर
पुनर्जीवनको माग सडकमा
घरमा
र अफिसमा खोजी भइरहँदा,
रानी साहेबको आदेश फरक छ!
‘यस्तो नखोज्नू!’
र पनि ऊ ऊ हो।
त्यसैले ऊ सँग एउटा फोटो खिच्ने मन छ।