जहाँ पसिनाको मूल्य छ
घरबारको चिन्ता लिई
पीडा लुकाइ हाँस्नु पर्छ
त्यहाँ हुनुन्छ मेरो बाबा
जहाँ मैले खाने अन्नको
मूल्य किन्न सकिन्छ
मेरो किताबको अक्षरको
मूल्य किन्न सकिन्छ
त्यहाँ हुनुन्छ मेरो बाबा
भन्नुहुन्छ 'तँ मेरो बुढेसकालको सहारा
पढाइ-लेखाई ठूलो बनाउछु, जहाँ
मैले जस्तो दुःख नभोग्न सिकाउँछु
जहाँ मेरो सुखको क्षण किन्दै हुनुन्छ
त्यहाँ हुनुन्छ मेरो बाबा
जहाँ मैले नदेख्ने, मैले नभोग्ने
सात समुन्द्रपारि
अर्को देशमा मेरो सपना सजाउँदै
आफ्नो ज्यान जोखिममा राखेर
परिवारको लागि काम गर्दै हुनुन्छ
त्यो दुःखको संसार
विदेशमा हुनुन्छ मेरो बाबा।