गोला बारुद पड्किँदै छ
जताततै द्वन्द भड्किँदै छ
त्यहाँ अफगानिस्तान छ
पीडितहरुको बासस्थान छ
सबैमा त्रासै त्रास छ
थोरै मात्र बाच्ने आश छ
त्यहाँ अफगानिस्तान छ
पीडितहरुको बासस्थान छ
हतियारको आडमा पसेको छ
शक्तिराष्ट्रको भरोसामा बसेको छ
त्यहाँ अफगानिस्तान छ
पीडितहरुको बासस्थान छ
सक्नेहरु उडेर, गुडेर भागे
नसक्नेहरु मृत्युलाई कुरेर खण्डहर तिर लागे
त्यहाँ अफगानिस्तान छ
पीडितहरुको बासस्थान छ
गोलाबारुदको अवशेष छ
सरकार नभएको देश छ
त्यहाँ अफगानिस्तान छ
पीडितहरुको बासस्थान छ
भागाभाग छ, कोलाहल छ
ज्यादती छ, ठोकाठोक छ
त्यहाँ अफगानिस्तान छ
पीडितहरुको बासस्थान छ।