जीवनको सपना वा लक्ष्य
प्राप्तको दरिलो खम्बा हो सफलता
संघर्ष नै सफलताको साँचो हो,
कडा परिश्रमनै सफलताको पुरक हो
हुन त सफलताको क्षितिज धेरै फराकिलो हुन्छ
तर लक्ष्य दरिलो छ भने, जीवनको उपहार हो सफलता।
सफलताको राज, आफू भित्र लुकेको हुन्छ
पहिचान अनि आत्मविश्वास आफै राख्नु पर्छ
सायद, सपना साकार पार्न त
'समय' लाई सदुपयोग गर्न जान्नुपर्छ
सायद, सपना साकार पार्न त
समयलाई लगानी गर्न सिक्नु पर्छ।
खुसीलाई पहिचान गरी,
सुरुआत नै सफलताको सुत्र रहेछ
चाहे सानो होस् या चाहे ठूलो नै किन नहोस्,
हीनताबोधको महसुस नगरी अघि बढ्नु नै सफलता रहेछ
अनि अर्को कुरा हतोत्साहित नभई अघि बढ्ने बिन्दु नै सफलता रहेछ।
कार्यमा धैर्यता सधैं राखि,
वर्तमानलाई भविष्यको साक्षी मानि
जुन हालतमा हुनुहुन्छ, सन्तुष्ट हुन सिक्नु पर्छ
आफ्नो मनलाई आफैले चिन्न सक्नु पर्छ
जीवनमा परिवर्तन त तब आउँछ
जब सचेत भई निर्णय आफै लिन सक्नु पर्छ।