जो जहाँ भए पनि, स्वदेशमा होस या विदेशमा
आफ्नो जन्मभूमि, आफ्नो मातृभूमि भनेको निकै प्यारो लाग्दो रहेछ
भिन्न भेषभुषा, भिन्न जातजाति, भिन्न भाषा भाषि,
भिन्न रहनसहन जे जस्तो भए पनि
आखिर, आफ्नो देश भनेकै आफ्नो हुँदो रहेछ
विदेशमा यश आराम, सुख सयल सबै पाए पनि,
आलिशान महलमा बस्न पाए पनि,
सुनको थालमा मिष्ठान व्यञ्जन खान पाए पनि,
हिरामोती जडित पोशाक लगाउन पाए पनि,
स्वदेशमा आफ्नो रगत पसिना बगाएर,
झुपडीमा बसेर टपरीमा मकै, गुन्द्रुक खाएर,
नेपाली पोशाक लगाएर गर्वसँग बाच्नु नै बेस छ
यतै जन्मे, यतै हुर्के, अब मर्न पनि यतै पाए हुन्थ्यो।
सगरमाथाको शिखर झैँ शिर ठाडो राख्न पाए,
आफ्नो सिद्धान्त र स्वाभिमानको रक्षा गर्न पाए,
आकाश झैँ विशाल हृदय बनाएर बाच्न पाए,
अरु के नै चाहियो र?
अरुको गुलामी भइ मोज मस्ती गर्नुभन्दा
स्वत्रन्त्रपूर्वक दुःख गरेर बाच्नु नै बेस छ।
जो जहाँ भए पनि, स्वदेशमा होस या विदेशमा,
आखिर आफ्नै देशको माया लाग्दो रहेछ।