प्रयोगवादको उद्देश्य साहित्य सिर्जनाका स्थापित परम्पराबाट उन्मुक्त भएर नयाँ आविष्कार गर्नु र प्रयोग गर्नु हो। अभिनव सृष्टिको चाहनाले आविस्कार हुन्छ।
यही धारणाले कोरोनाकालिन समयको पहिलो लकडाउनको (अप्रिल २०२०) अवधिमा यो दृश्यात्मक अथवा चित्रात्मक आकृतिको रम्बास कविताको जन्म भयो।
१०० अक्षर र उन्नाइस पंक्तिमा लेखिने कविताको यस उपविधाको प्रतिपादक असमका कवि मिलन बोहोरा हुन्। हालै उनको पहिलो रम्बास कविता कृति (नेपाली साहित्यमा नै पहिलो) ‘तानाबाना’ प्रकाशन भईसकेको छ।
यस प्रकारका चित्रात्मक कवितालाई पाश्चात्य जगतमा ठोस कविता (Concrete poetry), चित्र कविता जस्ता नामले जानिन्छ।
यसै धारणाले भएर भारतको असम प्रदेशमा रम्बास् कविता नामले चतुष्कोणी कविता लेख्ने विनम्र प्रयास भइरहेको छ।
नेपाली भाषामा रम्बास आकृतिमा लेखिने यहीँ नै पहिलो प्रयोग हो।
आकृति र भावना दुबै यस कविता उपविधाको आत्मा हुन्।
हेर्नुहोस् भारत असमका आधा दर्जन कविका ६ रम्बास कविता
१. मिलन बोहोरा
असम
कस
•••••••
हे
सु धी!
उक्काउ
दि मा ग को
पुरानो त्यो कस्।
ज्ञान अदृश्य छ,
आच्छादित छ पूर्ण।
दिनहुँ वृद्धि हुन्छ यो
थपिन्छ ~ चारैतिरबाट।
छोप्छ गुदीको सुनौलो रूप।
शक्ति छ गुदीमा ज्ञानको,
घमाइलो ~ पारिराख।
प्रज्वलित पारियोस्
मानवीय ज्योति।
उद्दिप्त ~ बन
फ्याक कस्।
जी व न
ज्ञा न
हो।
२) मीना देवी फयेल
तेलिचुङ्गा, असम
प्रेरणा
•••••••
त्यो
मीठो
भाकाले
प्रे र णा को
ज्योति जलायो।
यो -मन - मुटुमा
रचनाको - एउटा
नीरमहल - सजायो।
अझै सुरिलो बनाउन
धेरै रस ~भराउँनलाई
अरुपनि ~ आउँनेछन
रसिला कसिला सृष्टि
तिम्रो मीठो प्रयास
मलिलो बनोस्
तिम्रो प्रयास
सबैलाई
प्रेरणा
बन्ने
छ।
३) गिरीधारी उपाध्याय
असम
मजदुर
•••••••
ऊ
शिल्पी
सु स्थिर
विचारको
कारिगर हो।
दक्षता सम्पन
कर्ममय जीवन
व्यतीत गर्दछ सदा
जीवन निर्वाहका लागि
दिक्क नमानी कर्म गर्दछ।
परोपकारी भावना ले
कर्ममय जीवनको
श्रम जीवि श्रमिक।
कर्मै मेरो धर्म
भनि हिँड्ने ऊ
सिद्धि प्राप्त
श्र मि क
शि ल्पी
हो।
४) पुरूषोत्तम दाहाल
बेलतला, गुवाहाटी, आसाम
जीवन्त प्रेम
•••••••
त्यो
दिन
दृश्यले
मलाई त
अचम्म पार्यो
मन पराएँ थेँ
जुम्रा हेरी रहेकी
न लाली न त्यो अत्तर
फक्रिएको कालो केश ती
गाला को डन्डिफोर पाकेको
मुसुक्क मुस्कान फ्याँकेर
चाम्रे त्यो घिउमा ढक्क
झर्के थालमा पस्कि
मन चोरी लग्यौ
फक्रेको छ
जीवन्त
प्रेम
यो !
५) मोहन सुबेदी
घर
•••••••
म
ठिङ्ग
उ भि एँ
हिँड्दा हिँड्दै
घरको सामु
झरो अनायास।
चिसो हत्केलाभरि
विषादको म्लान चित्र
स्मृतिको शून्य अवशेष।
मात्र दुब्लो छाँयाको आधार
सडकको खोजिमा हिँड्ने,
प्रतिश्रुतिको सम्झना
निर्लिप्त आँगनमा।
नफर्किने ईच्छा
सुनौलो दिन
बिलाएर
फगत
घर
छ।
६) कुञ्ज देवी उपाध्याय
शिवसागर
साउन
•••••••
म
व्यस्त
साउने
झरि सँग
रमाइलो छ
खेतको रोपाई
साल भरि पुगोस
अन्नको जोगाड़ भए
ढुक्क भई बस्न सकिन्छ
जताततै घुम्न जाँदा हुन्न
घरको चिंता के खान्छन
छोरा छोरीले भनेर
ढिलो हुन लाग्यो
हतार हुँदैछ
रोपाई सक्ने
तिज आयो
चेलिको
खुशी
को
७) दीपक दवाडी
तेजपुर,असम
कुहिरो
***
ऊ
आज
पाइला
अघि चाल्छ
सारा विश्वमा-
लुकेका रहस्य
निकालेर ल्याउने
एउटा दृढ विश्वास
मन- मस्तिष्कमा लिएर।
हाम्रै दुई आँखाका अगाडी।
यता हामी, अन्धविश्वास
कुसंस्कारका विषाणु
डाइनी , भूत- प्रेत
बोकेर हिड्छौँ त !
हाम्रो भविष्य
के कस्तो छ ,
बिचार
गर्नु
त ?