बारीभरि कोदाको, कपनी खेतभरि पहेलपुर धानका बाला
आलीभरि भट्ट र मास लटरम्म झुल्थ्यो नि एकनास
दशैँ आउथ्यो रमाउथ्यो गाउँ, यानिमाया सालैजो फरर
अबेरसम्म रातिको बेला लिङ्गेपिङ मच्चिन्थ्यो सरर
निष्कपट ओठको हाँसो थियो त्यही जीवनको नासो
अबेरसम्म साँझको बेला वनको बाटो देउराली दोबिल्ला
वनभरि गाईवस्तु चर्थे छोरीबेटी घर माइत गर्थे
घट्ट थियो त्यही तल खोलामा चकमन्न एकलासे तिरमा
कोदो मकै गहुँको ओइरो लगे जति पिँधेर सकिन्थ्यो
घट्ट चल्थ्यो त्यो ठाडो खोलीमा ज्याला जति हालिन्थो सोलीमा
कोही थिएन उठाउने ज्याला सत्य युग झैँ बत्तीको पाला
झलमल्ल बलेको देखियो, त्यही देखेर कविता लेखियो
छल, कपट, चोर्नु र मार्नु केही थिएन त्यो सानो गाउँमा
सत्य युगको लाग्दछ झल्को कालीपारको त्यो सानो गाउँमा।