कुनै ठाँउमा दुईका नाउँमा
उदायो सुनौलो बिहानी अस्ताएर प्रतिक्षाका घडी
कुर्दा कुर्दै त्यस पललाई
काटेका झैँ भए हजारौं जुनी
त्यस बिहान आकाशबाट फूल झरेझैँ लाग्यो
कानका वरिपरि कोहिलीले गीत गायो
हेर्दै ऐनामा, गीत गाएँ आफ्नो सुन्दरताको बयान गरी
कुर्दा कुर्दै त्यस पललाई
काटेका झैँ भए हजारौं जुनी
दुःख, पिर, पीडा थिए कतै त्यो उत्साहित मनका कुनामा
आखिर आइपुग्यो त्यो पल
चिरेर प्रतीक्षाका घडी उदाई सुनौलो बिहानी
देखेपछि उसलाई मनमा फूल फुलेर आए
लाग्यो, युगपछि उसलाई हेर्ने पाएँ
उसको सुन्दरतामा डुबेँ, भुलेँ सब कुरा
मोहित त पहिले नै भइसकेकी थिएँ
झन लठ्ठ बनाइदिए ती चम्किला आँखा र रसिला ओठले
कति आनन्दको थियो त्यो पल
जब उसको हात थियो मेरो हातमा
जुधेका थिए दुईका आँखा
कहिलै भुल्ने छैन त्यो पल
मनमा शान्ति आँखामा आनन्द छाएको पल
सब कुरा भुलेर उसको काखमा बसेको पल
प्रतिक्षा गर्छु फेरि त्यस पललाई
आउने छ एक उदाइ सुनौलो बिहानी अस्ताई प्रतीक्षाको घडी।