सम्बन्ध चिन्ने गर न ए छोराहरू
एकआपसमा जुधेका किन?
नबर्सने मेघ झैँ नबनन
जंँघार सुकेर बगर भइसक्यो
दुई किनार मेरो साथ टुटेर
अस्तित्व गइसक्यो!
स्वर्गको झ्यालबाट बाले नियाल्दा
के गर्दैछन् छोराहरू भनेर
जीर्ण चौतारी मर्मत गरे सान हाम्रो
जे गर्न सकिन्छ एकतामा बसेर
तिमी मेरा मुटुहरु महामूर्ख नबने राम्रो
भूकम्प, बाढी र वर्षाले मेरो छाती
चिरा-चिरा छ, तिमी बुझ्दैनौ पीडा
देऊ मलाई मेरै पखेराको सञ्जीवनी
तर नजाऊ तिमी छिमेकमा
उसलाई मेरो सुन्दरताको ईर्ष्या छ
जाऊ बरु काली र कर्णाली तिर
त्यहाँ शालिग्राम र यार्चा छ
टिमुर, हर्रो, अनि अमला पूर्वैमा
राजनीतिक पर्व होला तिमीलाई
तर मेरो आँखामा आँसुको वर्षा छ।