हजुरबुवा भन्नुहुन्छ- हेर बाबा! निलो कोट भिरेपछि
बेतिथि र बिसंगतीले तिम्रो अस्तित्व गिज्यानु अघि
रचना, विकास र सेवाले तिम्रो पहिचान स्थापित गराउन सक्नुपर्छ।
सडकको खाल्डा-खुल्डी भने तिम्रा चेली गर्भवति हुँदा
ठेस लागेर गर्भ नतुहिने गरी चिल्ला बनाउन सक्नुपर्छ।
मतदान केन्द्रमा तिमी खटिँदा लौरी टेक्ने १०८ वर्षिया आमाले
सानो कामलाई सरकारको घर धाउने बाध्यता हटाउन सक्नुपर्छ।
राष्ट्र सेवामा होमिएपछि- हेर बाबा!
खाली खुट्टा, चुइकने चप्पल र ब्रान्डेड जुत्ता
यो विभेद हेर्ने दृष्टिकोण फुटाउन सक्नुपर्छ।
सरकार पछिको पनि स्थायी सरकार भैसकेपछि
जनताको अपेक्षा पूरा गर्ने सहास जुटाउन सक्नुपर्छ
निलो कोट भिरेपछि ,हेर बाबा!
तिमीले गरेका हरेक दैनिक कामकारवाही
‘हेर! मैले यस्तो गरे, तिमीले यस्तो गर्नु।’
भनि लिपपोत नगरी आफ्नो छोराछोरीलाई सुनाउन सक्नुपर्छ।
अनुशासीत, कर्तव्यनिष्ठ र इमान्दार भइ
राष्ट्र सेवाको अभिप्राय आउने पुस्तालाई सुनाउन सक्नुपर्छ,
नत्र कि त,
५८ पछि पेन्सन थाप्दा तिमीले पनि त्यहि लेखनदास, लामो लाईन
अनि धक्का-मुक्की सहन सक्नुपर्छ।
राष्ट्र सेवामा होमिएपछि- हेर बाबा!
तिमी मालिक होईनौ सेवक हौ र त
पदसँग पाउने सम्मान होईन बरु उत्त्दायीत्व बुझ्नुपर्छ,
त्यसैले तिम्रो अवकाश अघि तिमि स्वयंले
निजामती सेवालाई स्वच्छ, सेवामुखी र कुशल बनाउनुपर्छ।
यति पनि ग्न नसके हेर बाबा सरक्क राजीनामा पत्र स्विकृत गराई घर आउनुपर्छ।