पुर्याउनु हुन्थ्यो बुवा हाम्रो चाहना अहोरात्र खटि खटि
चाडपर्व आउँदा हजुरको याद आउँछ कति कति
लेख्न खोज्दा कलम रोकियो बोल्ने शब्द अल्झियो
गढेका सपनाहरू सम्झिदा फेरी घाउ बल्झियो ।
सकारात्मक सोचले अगाडी बढ्दा राम्रो नराम्रो चिन्न सकूँ
हजुरले देखाएको सत्मार्गमा हजुरलाई सम्झी हिड्न सकूँ
रोकेर आँशु सम्हालेर मुटु भगवान सम्झी मन फेर्दैछु
आज बुवाको मुख हेर्ने दिन एकोहोरो तस्वीर हेर्दैछु ।
जीवन श्रृष्टिकर्ता जन्म दिने नाता जस्तो छैन अरु कुनै
हजुरका सारा दु:ख कष्ट झेलेको सम्झिँदा त मन लाग्छ रुनै
अभागी रहेछु आफैं बस्न पाइन हाँसीखुशी साथमा
सानो दुःख पर्दा पनि रुन्छु हजुरकै निरन्तर यादमा ।
कस्तो रहेछ नियतिको खेल आफू आफैँमा दंग हुन्छु
अप्ठ्यारो सजिलो जे हुँदा पनि भावनामा हजुर सँग हुन्छु
कसरी बिर्सु बुवा हजुरको याद आउँछ झलझली
कुशे औंशीमा बुवालाई श्रद्धा सुमन तथा भावपूर्ण श्रद्धाञ्जली ।।