मायाको सागरमा पौडन देऊ न मलाई
मायाको बन्धनमा बाध्न देऊ न मलाई।
माया बिनाको संसार, कल्पना गर्न सकिन्छ र कहिले?
जस्तै नुन बिनाको तिहुन, स्वादिलो हुन्छ र कहिले?
तिम्रो साथ पाउँदा, आकाशलाई चुम्न सक्छु झैँ लाग्छ
तिम्रो हात समाउन पाउँदा, संसारलाई परिक्रमा गर्न सक्छु झैँ लाग्छ।
जीवनको यात्रामा साथ चाहिन्छ कसैको?
जस्तै जीवन जिउन साथ चाहिन्छ कसैको?
एक बारको जुनी, पछि भेट हुन्छ या हुन्न कुन्नी?
सब चाहेको कुरो, पाउँछ या पाउन्न कुन्नी?
जीवन र मरण, बसमा हुँदैन कसैको?
जस्तै आकाश र धर्तीको, मिलन हुन्न कहिले?
तिम्रो साथ छोड्न, जीवनमा म सकिनँ कहिले?
जस्तै आफ्नै छायाले, साथ छोडेन कहिले।
मिलन र विछोड, दुई पाटो हो मायाको
जस्तै जित र हार, दुई पाटो हो जीवनको।