हरियो दुबोमाथि
शीतको थोपा देख्दै थियो
आँखाले पर
नजिक पुगि हेर्दा
सुक्खा मैदान भेटियो
खेल त केही थिएन
तर
मैदान थियो।
खेल त केही थिएन
यसैले
जितको लागि हुटिङ
पनि सुनिएन
अनि
हारको डरमा हात
पाउ पनि कामेको देखिएन
खेल त केही थिएन
तर
मैदान थियो।
खेल त केही थिएन
यसैले
भिन्नै खालको अनुभव थियो
दुनियाँ दंग पर्दै चियाउँदै थियो,
तर
मैदान थियो।
खेल त थिएन
यसैले
मैदान खेल बिना
अपुरो देखिँदै थियो
आखिरमा
रित पूरा गर्दै
खेल सुरु भएको सिठी
मैदानको चारैतर्फ बजेको सुनियो।
खेल त थिएन
तर
मैदान थियो
यसैले खेल भयो।